
सुनाखरी न्युज/ काठमाडौँ ।
झापाको भद्रपुरबाट दुई महिनाका शिशुको डायपरभित्र लुकाइछिपाइ ल्याइएको ब्राउन सुगरसहित अटो चालक र एकै परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम रहेको छ।
प्रहरीले अटोसहित चारै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएको उक्त अटो र त्यसमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्दा २ महिनाका शिशु सोहेल आलमले लगाएको डायपरभित्र प्लास्टिकले पोकापारी लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको हो।