२०८३ श्रावण ८ , शुक्रवार

इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा

752881082_122119372334817320_1785098678537144622_n-e1784878542172

सुनाखरी न्युज/ काठमाडौँ ।

चितवनको इच्छाकामना गाउँपालिका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले लालपूर्जा पाएका छन् ।लालपुर्जा वितरणसँगै वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले कानुनी रूपमा आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ ।

यसैबीच आजै झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।