२०८३ श्रावण ५ , मंगलबार

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

death

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्।  कैलाली धनगढीकी निशा सुनारको शव गेस्ट हाउसको कोठाबाट आइतबार फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।