
सुनाखरी न्युज/काठमाडौं ।
साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।
पूजाआजा गर्नेहरुको पशुपति मन्दिरमा बिहानैदेखि घुइँचो छ । भक्तजनको घुइँचोलाई मध्यनजर गरी पशुपतिका चारवटै ढोका खुला राखिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार आज बिहान ३ बजेदेखि नै चारढोका खुला छन् ।
पशुपतिनाथ दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको उनको भनाइ छ । त