
सुनाखरी न्युज/ काठमाडौं ।
भारत मध्य प्रदेशको राजधानी भोपालको गान्धी भवनमा सभ्य र भव्यताका साथ सम्पन्न भयो। यस कार्यक्रममा देशविदेशका ५०० भन्दा बढी साहित्यकार र साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता थियो।
निर्दलीय प्रकाशनले भाषा, साहित्य, समाज सेवा, शिक्षा जस्ता क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मानबाट सम्मानित गरेको छ।
उपर्युक्त वार्षिकोत्सवमा नेपालबाट पाँचजना महानुभावहरूलाई “अन्तर्राष्ट्रिय साहित्य सम्मान”बाट सम्मानित गरिएको छ। सम्मान पाउनेमा डिल्लीराम शर्मा संग्रौला (विभागीय प्रमुख, हिन्दी, संस्कृत तथा पत्रकारिता, पद्मकन्या बहुमुखी क्याम्पस), विनोद कुमार विश्वकर्मा (हिन्दी केन्द्रीय विभाग, त्रि।वि परिसर), श्री राधेश्याम विश्वकर्मा, प्रभात सागर प्रधान र डा. रेखा यादवहुनुहुन्छ ।