२०८३ असार ३१ , बुधवार

आयल निगमले आजदेखि पूरा सिलिन्डर ग्यास पाइने​

aditya gas

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगम लिमिटेडले आज ( असार ३१ गते )  देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको छ । १४ . २ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ तोकेर बिक्री वितरण हुने निगमले जनाएको छ ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर ( ७.१ केजी ) मा मात्र ग्यास भरेर बिक्री वितरण गर्दै आएको थियो । हाल आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुनः पुरानै व्यवस्था लागू गरिएको निगमले जनाएको छ ।