२०८३ असार ३० , मंगलबार

आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु

Bibek

 

सुनाखरी न्युज/ काठमाडौं ।

सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ।असार २६ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो ।

सर्लाहीको गडैता नगरपालिका–१० निवासी मण्डलले गत असार २६ गते आफ्नै घरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।

घटनापछि उनलाई गम्भीर अवस्थामा हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको थियो। शरीरको ठूलो भाग जलेर गम्भीर घाइते भएका मण्डललाई बचाउने प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ।