
सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार ९ सय घटेर प्रतितोला २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी पनि ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।