२०८३ असार २३ , मंगलबार

आज सुनको मूल्य घट्यो

_gold

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५८५ प्रतितोला कायम भएको थियो । (रासस)