
सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उच्चस्तरीय टोलीले अर्थतन्त्रबारे सरकार र सांसदसँग छलफल गरेको छ ।
टोलीले नेपाल सरकार तथा संसद्को अर्थ समितिका सांसदहरूसँग नेपालको अर्थतन्त्रका विभिन्न आयामबारे छलफल गरेको आईएमएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा। सोनाली जैन–चन्द्रा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ ।
आईएमएफ प्रतिनिधिमण्डलमा नेपालका लागि आईएमएफका मिसन प्रमुख डा। सरवत जहाँ र नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्ता सहभागी थिए । भ्रमणका क्रममा टोलीले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टसँग भेटेको थियो ।
भेटघाटका क्रममा नेपालको समष्टिगत आर्थिक परिदृश्य, आर्थिक वृद्धिलाई निरन्तरता दिने, रोजगारी सिर्जना गर्ने तथा संरचनागत सुधारका एजेन्डाहरूलाई अगाडि बढाउने नीतिगत प्राथमिकताहरूका विषयमा छलफल भएको आईएमएफले जनाएको छ ।
आईएमएफ टोलीले प्रतिनिधि सभाको अर्थ समितिका सदस्यहरूसँग अन्तक्र्रिया गरेको थियो । त्यसक्रममा आईएमएफ टोलीले नेपालसँगको साझेदारी र हालै सम्पन्न भएको विस्तारित कर्जा सुविधा ९ईसीएफ० लगायतका विषयमा प्रस्तुतीकरण दिएको थियो ।
सो अवसरमा सांसदहरूले नेपालको आर्थिक प्राथमिकता र सुधारका एजेन्डाबारे आफ्ना धारणा राखेका थिए ।