२०८३ असार १९ , शुक्रवार

सुनचाँदी नीति निर्देशिकाको बिषयमा बाणिज्य  मन्त्रालय र नेपाल सुनचाँदी ब्यवसायी महासँघबीच छलफल

MOI

सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदी नीति निर्देशिकाको बिषयमा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल सुनचाँदी ब्यवसायी महासंघबीच छलफल भएको छ । दुवै पक्षका प्रतिनिधीहरुबीच शुक्रबार मन्त्रालयमा छलफल भएको हो ।
छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फवाट सहसचिव बुद्धबहादुर तामाड र महासंघको तर्फवाट अध्यक्ष अर्जुन रसाइली लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
त्यसक्रममा सुनचाँदी नीति निर्देशिका तथा सुनचाँदी आयात निर्यात व्यवस्थापन विषयमा छलफल भयो । साथौ महासंघले सवै बिषयलाई समेटेर ठोस सुझाव मन्त्रालयमा पठाउने जनाएको छ ।
छलफलका क्रममा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्य महासचिव किरणभाई बज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य, महानिर्देशक शिव दुवाडी, काठमाडौं सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रोहिना शाक्य, सचिव लेखरत्न शाक्य र सह कोषाध्यक्ष अभिशेक शाक्य लगायतको सहभागिता रहेको थियो ।