
सुनाखरी न्युज / काठमाडौं ।
अमेरिकी सेनामा कार्यरत रहेका एक नेपालीको गोली लागेर मृत्यु भएको छ । अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोरा २४ वर्षिय सुशील थापाको दुई दिनअघि निधन भएको हो ।
उनी हालैमात्र अमेरिकाकी सेनामा पदोन्नति भएका थिए । थप तालिमका क्रममा दुर्घटनाबस चलेको गोली उनको टाउकोमा लागेको बताइएको छ । परिवारले अहिलेसम्म शव प्राप्त गर्न सकेको छैन ।
हाल घटनाबारे अमेरिकी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ, जसका कारण परिवारले अझै शव बुझ्न पाएको छैन।