
सुनाखरी न्युज / काठमाडौं ।
हेलमेटबिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।मुख्यमन्त्री शाहले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली मुख्यमन्त्री निवासमै पुगेर हेलमेट नलगाई सवारी चलाएको कसुरमा जरिवानास्वरूप पाँच सय रुपैयाँको ‘चिट’ काटेको थियो । ट्राफिक प्रहरीले कानुन सबैका लागि समान हुने भन्दै ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेको छ।