२०८३ असार १७ , बुधवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच ?

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज /  काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार घटेर ४ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।