२०८३ असार १५ , सोमवार

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

weather2

सुनाखरी न्युज/ काठमाडौं।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ ।

 

विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ विभागको अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको तथा देशका तराई भू(भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।