
सुनाखरी न्युज /काठमाडौ ।
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।