२०८३ असार १२ , शुक्रवार

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

20260312063036_2351927c34e268b5857921221a092fe5@filmykhabar.com_

सुनाखरी न्युज /  काठमाडौं ।

भक्तपुरमा ६ र ७ चैतमा चलचित्र महोत्सव आयोजना हुने भएको  छ । यहाँका युवा फिल्मकर्मीको समूहले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको जानकारी गराए।

निर्देशक किरण किलम्बुका अनुसार भक्तपुरको कला र संस्कृति र साहित्यको विकासका लागि महोत्सव आवश्यक रहेको बताए। महोत्सव निर्देशक किलम्बुले ‘कबड्डी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’, ‘डिग्री माइला’, ‘लगायतका फिल्ममा काम गरेका छन् । महोत्सव संयोजक समेत रहेका गिरीका अनुसार स्वतन्त्र  ( इन्डी )  फिल्मकर्मीका फिल्म र उनीहरुका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरुले यो महोत्सव सुरु गरिएको हो ।

महोत्सवको मुख्य चलचित्र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रदर्शन हुनेछ भने सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका नेपाली चलचित्र प्रदर्शन गरिनेछन् । यसैगरी, सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ देखाएर महोत्सवको समापन गरिनेछ ।