२०८३ असार १० , बुधवार

११ महिनामा नेपालमा साढे २५ खर्ब बढीको विद्युतीय सवारीसाधन आयात

ev

 

सुनाखरी न्युज/ काठमाडौं ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा विद्युतीय सवारीसाधन  ( ईभी )  को आयात उल्लेख्य रूपमा भएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

जेठ महिनामा मात्रै ३ हजार ६ सय ३८ सवारीसाधन भित्रिएका छन्, जसले आयात रकममा १९ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि गराएको छ। व्यवसायीहरूले जेठ १५ गते बजेटमार्फत विद्युतीय गाडीको कर बढ्ने आकलनमा आयात ह्वात्तै बढाएको भए पनि सरकारले बजेटमा विद्युतीय गाडीको कर स्थिर राखेको छ।

यसरी आयात भएका सवारीसाधनमध्ये ५१ देखि १०० किलोवाट क्षमताका गाडीहरूको सङ्ख्या सबैभन्दा धेरै रहेको छ। तथ्याङ्क अनुसार सो क्षमताका कुल १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। त्यसैगरी, सोही ११ महिनाको अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका ३ हजार ६८० वटा साना विद्युतीय गाडीहरू आयात भएको भन्सार विभागले जनाएको छ।