
सुनाखरी न्युज/ काठमाडौं ।
सम्पत्ति शुद्धीकरण अभियोगमा सोमबार सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई आज ( मंगलबार ) काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइँदै छ।
सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याएर आजै अदालतमा उपस्थित गराइने भएको हो ।
काठमाडौं ल्याइने बित्तिकै पहिलो सम्पत्ति शुद्धीकरण विभागमा लगिने र त्यसपछि म्याद थपका लागि अदालत लाने तयारी भएको हो ।बिचौलिया दीपक भट्टसँग करोडौँको शंकास्पद कारोबारको विवरण भेटिएपछि विभागले उनलाई पक्राउ गरेको हो।