२०८३ असार ८ , सोमवार

फिल्म ‘रातो घेरा’ निर्माण घोषणा, दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा

OIP (2)

सुनाखरी न्युज/ काठमाडौं ।

‘कबड्डी’ र ‘जारी’ जस्ता व्यवसायिक सफल फिल्ममार्फत दर्शकको मन जितेको यो जोडीलाई आगामी फिल्म ‘रातो घेरा’ मा देख्न पाइने भएको हो । यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’  ( द रेड सर्कल ) मा देखिने भएको हो । निर्माता रहेको विश्राम फिल्म प्रालिका निर्माता जीवन गुरुङ र वितरक रहेको काफिया फिल्म प्रालिका गोविन्द शाहीले आज संयुक्तरूपमा उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

‘रातो घेरा’ चलचित्रमा अनिल बुढा मगरको निर्देशन रहनेछ । निर्माण टोलीका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने र दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश दिने जनाइएको छ।दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बढी रुचाइएका र सर्वाधिक अन–स्क्रिन जोडीमध्ये एकका रूपमा रहेको छ।

फिल्म ‘ऊनको स्वीटर’बाट अभिनेत्री मिरुनाले केही दिनअघि मात्रै चलचित्र विकास बोर्डद्वारा प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका थिए ।निर्माण पक्षका अनुसार ‘रातो घेरा’ चलचित्रलाई कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा विशेष ध्यान दिइएको छ ।