२०८३ असार ८ , सोमवार

आँप : मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? जान्नुहाेस् खाने सही तरिका

mango-8283268_1280

सुनाखरी न्युज/ काठमाडौं ।

आँपलाई यसको मिठो स्वाद र स्वास्थ्यवर्द्धक गुणका कारण ‘फलहरूको राजा’ मानिन्छ । गर्मी मौसमको यो ‘सुपरफुड’ स्वादका लागि मात्र नभई पोषक तत्त्वका हिसाबले पनि निकै महत्त्वपूर्ण छ ।आँप गर्मी याममा पाइने पोषक तत्वले भरिपूर्ण फल हो। तर यसमा प्राकृतिक चिनी र क्यालोरीको मात्रा तुलनात्मक रूपमा बढी हुने भएकाले तौल घटाउने प्रयास गरिरहेका केही मानिसहरूलाई आँप खान उपयुक्त हुन्छ कि हुँदैन भन्ने अन्योल हुन सक्छ।

मधुमेहका बिरामीले आँप खान हुँदैन भनेको सुनिन्छ । मधुमेहका बिरामीलाई प्रायः गुलियो फलफूल, विशेष गरी आँपबाट बच्न सल्लाह दिइन्छ । मधुमेह रोगीहरूका लागि आँप खानु जोखिम हुन सक्छ, किनकि यसमा प्राकृतिक चिनी हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिने र सही तरिकाले आँप खाँदा खासै असर पर्दैन । आँप खाएको बेला अन्य खानेकुरामा ध्यान दियो भने समस्या हुँदैन । आँपमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिज्म सुधार गर्छ र रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यदि मधुमेहका बिरामीहरूले आँपलाई सही समयमा, सीमित मात्रामा र सही खानाको संयोजनसँग सेवन गर्ने हो भने उनीहरूले कुनै हानिविना यसको स्वाद र पोषणको आनन्द लिन सक्छन्

मधुमेह रोगीहरूले आँप खाने सही मात्रामा र सही तरिका  ? 

आँपमा प्राकृतिक चिनी, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरको मेटाबोलिज्म सुधार गर्न मद्दत गर्छ । तर, मधुमेहका बिरामीहरूले भने यसलाई सोचेर बुझेर मात्रै सेवन गर्नुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स ९जीआई० मध्यम स्तरको हुन्छ । अर्थात् सीमित मात्रामा सेवन गरियो भने आँपले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउँदैन ।

सीमित मात्रामा सेवन गर्ने
दिनमा आधा कप  ( लगभग ७५–८० ग्राम ) आँप खानुलाई सुरक्षित मानिन्छ । यसलाई धेरै मात्रामा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।

सही समयमा खाने
आँप दिउँसो वा बिहान खानुहोस्, ताकि शरीरले यसलाई पचाउन पर्याप्त समय पाओस् । रातमा आँप खानु हुन्न । किनकि यसले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ ।

फाइबरयुक्त खानेकुराहरूसँग खाने
आँपको ग्लाइसेमिक प्रभाव कम गर्न बदाम, बीउ, दही वा ओट्ससँग मिसाएर यसलाई खानुहोस् । आँप मात्रै खाँदा चिनीको मात्रा छिटो बढ्न सक्छ । त्यसैले यसलाई फाइबरयुक्त चिजहरूसँग मिसाएर खानु राम्रो हुन्छ ।