२०८३ असार ४ , बिहिवार

ई–पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवा पनि तानिइन् अनुसन्धानमा

arzu-1735213379-e1781770193506

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ – पासपोर्ट खरिद प्रक्रियामा नेपाली कांग्रेसकी नेता तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भनी म्याद तामेल गरेको हो ।

स्थानीय वडाध्यक्षका अनुसार अनुसन्धान टोलीले म्याद तामेल गर्न सम्पर्क गरेको थियो र सो जानकारीपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवासँग समन्वय गरिएको हो।देउवा दम्पत्ति उपचारका लागि भन्दै ४ महिना अघि सिंगापुर गएका थिए । सिंगापुरबाट नेपाल नफर्केकाले राणाका घर ठेगानामा आयोगले म्याद तामेल गरेको हो ।

उक्त ठेक्का प्रकरणमा आरजुको प्रत्यक्ष संलग्नता नदेखिए पनि परराष्ट्रमन्त्रीको हैसियतमा उनको पनि संलग्नता हुन सक्ने आशंकाका कारण आयोगले बयानमा बोलाएको हो । आयोगमा उनी विरुद्ध परेको उजुरीका आधारमा बयानमा बोलाउन लागेको आयोग स्रोतले जानकारी दियो ।

आयोगले आज मात्रै जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।  आयोगले बिहीबार सूचना जारी गर्दै ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।