२०८३ असार ४ , बिहिवार

प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीले संसदमा जबाफ नदिने

PM-Balen–768×419

 

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्ट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले जबाफ नदिने भएका छन्। प्रतिनिधि सभामा सामान्यतया मन्त्रालयगत बजेट छलफलमा उठेका प्रश्नको जवाबाफ सम्बन्धित मन्त्रीले नै दिने प्रचलन छ। तर यसपटक प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएका छन्।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले नै संसदमा जवाफ दिएका थिए।असार १ र २ गते बजेटमा मन्त्रालयगत छलफल भएको थियो। नियमावली अनुसार रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छलफलमा उठेको प्रश्नको जबाफ स्वयम् प्रधानमन्त्रीले दिनुपर्ने हुन्छ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा अर्को मन्त्रीले जबाफ दिन सक्ने प्रावधान नियमावलीमा छ। त्यसैलाई देखाएर प्रधानमन्त्रीले जबाफ दिने परम्परा अन्त्य गरिएको थियो।  यदि प्रधानमन्त्री आज उपस्थित भएर बजेटबारे जबाफ दिएको भए उनलाई सांसदहरूले प्रतिप्रश्न समेत सोध्न पाउँथे।