
सुनाखरी न्युज/ काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’ का लागि ध्यान दिइएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।
उनले भने, ‘हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाउनु भएको छ , डोजरहरु कहाँकहाँ छ भन्ने हामीलाई ठ्याक्क थाहा हुन्छ । यदि त्यो एरियामा रेस्पोन्स गर्नुपर्यो भने तुरुन्तै बाटो खुलाउने हिसाबले हामीले एउटा एप डेभलप गरेका छौं ।’
विपदका बेला उद्धार तथा राहतमा खटिएको जानकारी दिँदै उनले विगतको सरकारबाट भएका कमीकमजोरी यसपटक नहुने जिकिर गरे ।