२०८३ असार ३ , बुधवार

नेप्सेको अध्यक्षमा अमृत लम्साल

NEPSE-Building

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन् ।

वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव  लम्साललाई पठाएका हुन् ।

 

लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष हुन् । त्यस्तै उनी नेपाल बैंकको सञ्चालक समितिमा पनि सरकारको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।