२०८३ असार २ , मंगलबार

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

AP26166801778951-1024×683

सुनाखरी न्युज/ काठमाडौं ।

फिफा विश्वकप- २०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १- १ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । त्यस्तै साउदीको १- ० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० औँ मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलिले गोल गर्न सकेनन् र अन्तत खेल १- १ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अंक जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १- १ को बराबरी खेलेका थिए ।