२०८३ असार २ , मंगलबार

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

gds80mh_lamine-yamal-getty_625x300_15_June_26-768×432

सुनाखरी न्युज/ काठमाडौं ।

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् । समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ । (रासस)