
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गरिन् । उनले भारतीय सशस्त्र सीमा बल ( एसएसबी ) का गतिविधि र स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचारप्रति सरकारको स्पष्ट धारणा माग गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरिन्।
सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको बताउँदै सीमा सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गरिन्। उनका अनुसार सीमा सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक परे नेपाल–भारत सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विकल्पसमेत विचार गर्नुपर्ने हुन्छ। उनले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल ( एसएसबी ) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको भन्दै घटनाको वास्तविकता के हो भन्ने विषयमा सरकारको धारणा माग गरिन् ।
कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता गर्नु हो। यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ।’ उनले कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको बताउँदै राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिइन् ।सांसद तामाङले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गर्न र आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरिन् ।