
सुनाखरी न्युज/ काठमाडौं।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खड्काले सम्पत्ति लगायतका विषयमा प्रश्न उठेका तथा मानव अधिकार आयोगको प्रतिवेदनमा समेत जेनजी आन्दोलनको घटनामा दोषी ठहर गरिएका गुरुङलाई पुनः गृहमन्त्री बनाइनु अस्वीकार्य भएको बताए ।
सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाउँदै सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ छ । सांसद खड्काले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याउनु भएको छ ।