२०८३ जेठ २५ , सोमवार

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी

baidesik1-768×392

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी हुनुभएको छ । सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उहाँ विजयी हुनुभएको हो ।

अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गर्नुभएको थियो । प्रथम उपाध्यक्षमा महेश बस्नेत ( २४१ मत ) , द्वितीय उपाध्यक्षमा अनिल बोगटी ( ३१५ मत ) , तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल ( २५९ मत) , महासचिवमा हरि डॉगी ( २७३ मत ) , सचिवमा केदारनाथ अधिकारी ( २९४ मत ) र कोषाध्यक्षमा धनमायाँ सिन्जाली ( ३२३ मत ) प्राप्त गरी विजयी हुनुभएको छ ।

सात पदाधिकारीसहित १७ पदमा भएको निर्वाचनमा खत्री समूहले सात पदाधिकारी र आठ सदस्यमा विजयी हासिल गरेको छ । (रासस)