
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । आइतबार ( जेठ २४ ) रास्वपा गोरखा जिल्ला अधिवेशनका क्रममा उनले सार्वजनिक पदमा रहँदा उठाइएका सवालको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको स्पष्ट पारे ।‘
यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने। सांसद गुरूङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए।
‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु,’ उनले भने। बयानका बेलाको एउटा रोचक प्रसंग कोट्याउँदै उनले भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो रु’ भनेर प्रश्न गर्यो ।