
टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो ।थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ ।
प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।