२०८३ जेठ २१ , बिहिवार

सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो

714788248_1332813718826551_5292192550363468305_n-1536×1024

सुनाखरी न्युज/ काठमाडौं ।

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा  ( हिलारी )  जीवितै फेला परेका छन्। उनी सगरमाथा आधार शिविर क्षेत्र आसपास करिब एक सातापछि जीवितै फेला परेका हुन्। उद्धार टोलीले उनलाई खुम्बु आइसफल क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निकालेको थियो।

एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन् ।

प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार लामो समय हिउँमा अलपत्र पर्दा हातखुट्टामा असर परेको भए पनि उनको अवस्था हाल स्थिर रहेको छ।