२०८३ जेठ २१ , बिहिवार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

12-gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज २०० रुपैयाँ र अघिल्लो दिन घटेको चाँदीको मूल्य ८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ८५ रुपैयाँले घटेर ५ हजार २८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ५ हजार ३७० रुपैयाँ रहेको थियो ।