२०८३ जेठ १९ , मंगलबार

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

anjni-pokharel_

 

सुनाखरी न्युज/ काठमाडौं ।

सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक  ( डीआईजी)  अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक   ( एआईजी ) मा बढुवा गरिएको छ ।

सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख रहेका पोखरेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।

स्वास्थ्य समूहबाट डा. रोस्सु थापा लाई पनि एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसप्रति असन्तुष्टि भए ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था रहेको छ ।