२०८३ जेठ १७ , आइतवार

नयाँ बजेटको काार्यान्वयनमा होटल संघ नेपालको जोड

Hotel-Association-nepal

सुनाखरी न्युज/ काठमाडौं ।

आर्थिक रुपान्तरणको मुख्य आधारमध्यको एक प्रमुख क्षेत्रको रुपमा पहिचान गरी सार्वजनिक भएको २०८३र०८४ को राष्ट्रिय बजेटमा प्रस्तुत गरिएको पर्यटन विकासका अवधारणा, कार्यक्रम र बजेटप्रति होटल तथा रिसोर्टहरुको राष्ट्रिय छाता संगठन होटल संघ नेपालले सन्तोष व्यक्त गर्दै यी घोषित कार्यक्रमहरुको कार्यान्वयनमा विशेष जोड दिन सत्ताशिन शक्तिशाली सरकारलाई आह्वान गरेको छ ।

 

संघले जारी गरेको वक्तव्यमा निजी क्षेत्रलाई प्रमुख विकास साझेदारको रुपमा सहकार्य गर्ने बजेटको घोषणाले वर्तमान शिथिल व्यवसायिक गतिविधि बढाउन पूँजी निर्माण र लगानीमा निजी क्षेत्रको अग्रसरता बढ्ने जनाइएको छ ।

नयाँ बजेटले घोषणा गरेको २०८५ नेपाल भ्रमण वर्ष, आरोग्यलाई व्रान्डिङ गरी मनाइने २०२७ आरोग्य वर्ष, पर्यटकीय गन्तव्य विकास गर्न निर्वाणपथ, कोशी कोरिडोर, पर्यटकीय चतुर्दिक क्षेत्र विकास लगायतका डाँफे, सालिग्राम, मध्यपहाडी जस्ता नयाँ गन्तव्य क्षेत्रहरु, हिलस्टेसन विकास, ग्रेट हिमालयन ट्रेल, मनाङ र मुस्ताङका गुम्बा संरक्षण, प्रादेशिक पर्यटकीय कोरिडोर विकास गर्ने लगायतका उल्लेखित कार्यक्रमहरु तथा गतिविधि जस्ता बजेटको नविन अवधारणाबाट पर्यटकहरुको संख्या, बसाई र खर्च बढाउन सघाउ पुग्ने संघले जनाएको छ ।