
सुनाखरी न्युज
काठमाडौं ।
सरकारले सुनका गरगहना बिक्रीमा लाग्ने २ प्रतिशत बिलासिता कर खारेज गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३-0८४ को बजेटमार्फत सुनको गहना बिक्रीमाा लाग्ने शुल्क खारेज गरेको हो ।
|
-सुनका गरगहना बिक्रीमा लाग्ने २ प्रतिशत बिलासिता कर खारेज -हिराको बिक्रसिमा लाग्ने १३ प्रतिशत भ्याट पनि खारेज -साउन महिनामा विलासिता शुल्क समायोजन नभएको अवस्थामा स्वतः मिनाहा -सुन तथा चाँदी दुवैमा सीप प्रवद्र्धन शुल्क बापत ०.५ प्रतिशत असुल गरिने नयाँ व्यवस्था -विदेशवाट आउनेले यात्रुले तोकिए भन्दा बढी सुन वा चाँदी ल्याएमा जफत हुने -पुरुषले २५ र महिलाले ५० ग्रामसम्मको सुन ल्याउँदा कुनै महशुल लाग्ने छैन -बढी ५० ग्राम सम्म प्रचलित भन्सार दर र त्यस भन्दा बढी अर्को ५० ग्रामसम्म प्रचलिन भन्सार दरमा तीन प्रतिशत शुल्क थप -चाँदीको हकमा पाँच सय ग्रम सम्मको हकमा प्रचलित भन्सार दरमा ल्याउन पाइने -पाँच सय ग्राम सम्मको चाँदीको गरगहनाको हकमा कुनै शुल्क लाग्ने छैन -त्यस माथिको पाँचसय ग्राम सम्म प्रचलित भन्सार दर लाग्ने -बार्षिक १० करोड माथिका सवै कारोबार विभागको केन्द्रिय विजक अनुगमन प्रणाली (सिविएमएस) मा आवद्ध हुनेपर्ने ब्यवस्था -विदेशवाट आउनेले यात्रुले फिर्ता लैजाने गरी गहना ल्याएमा भन्सार बिन्दुमा २० प्रतिशत धरौटी राखी ल्याउन पाउने -कर राजस्वमा भएको फेरवदल भने बजेट घोषणा भएकै दिन देखि लागु
|
यस्तै बजेटले हिराको बिक्रसिमा लाग्ने १३ प्रतिशत भ्याट पनि खारेज गरेको छ । यो सँगै सुनचाँदी ब्यवसायीहरुले विगत १ बर्ष देखि गर्दै आएको विलाशितिा शुल्क खारेजीको माध प्रष्ट रुपमा सम्बोधन भएको छ ।
यस्तै बजेटले २०८२ साल भदौ २ गतेअघि प्रचलित कानुन बमोजिम बिक्री गरिएको सुन तथा सुनका गहनामा लागेको विलासिता शुल्क तथा हिरा, जवाहरात, रत्न तथा पत्थरमा लागेको मूल्य अभिवृद्धि कर (VAT) बिक्रीमा समायोजन नभएको अवस्थामा स्वतः मिनाहा हुने व्यवस्था गरेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले गरेको आन्दोलन र महासंघले गरेका माग अनुरुप विलाशिता शुल्क खारेजी तथा साउन महिनामा विलासिता शुल्क तथा हिरामा VAT नउठाइएको भएमा सम्बन्धित व्यक्ति वा व्यवसायीले कुनै पनि विवरण वा निवेदन पेश गर्नु नपर्ने ब्यवस्था भएको हो ।
बजेटले आर्थिक वर्ष २०८३-८४ देखि सुन तथा चाँदी दुवैमा सीप प्रवद्र्धन शुल्क बापत ०.५ प्रतिशत असुल गरिने नयाँ व्यवस्था गरेको छ ।
यस वाहेक बजेटले भन्सार दरमा समायोजन गर्र्दै सुन र चाँदीमा २० प्रतिशत र हिरामा ५ प्रतित लाग्ने ब्यवस्था गरेको छ ।
यस्तै बजेटले बार्षिक १० करोड माथिका सवै कारोबार विभागको केन्द्रिय विजक अनुगमन प्रणाली (सिविएमएस) मा आवद्ध हुनेपर्ने ब्यवस्था गरेको छ ।
बजेटमा विदेशवाट आउने यात्रुले भन्सार र छुटमा र भन्सार तिरेर ल्याउन पाउने सुनको हकमा पनि प्रष्ट ब्यवस्था गरेको छ । जस अनुसार पुरुषले २५ र महिलाले ५० ग्रामसम्मको सुन ल्याउँदा कुनै महशुल लाग्ने छैन । यस भन्दा बढी ५० ग्राम सम्म प्रचलित भन्सार दर र त्यस भन्दा बढी अर्को ५० ग्रामसम्म प्रचलिन भन्सार दरमा तीन प्रतिशत शुल्क थप गरी ल्याउन पाइने छ ।
चाँदीको हकमा पाँच सय ग्रम सम्मको हकमा प्रचलित भन्सार दरमा ल्याउन पाइने छ भने पाँच सय ग्राम सम्मको चाँदीको गरगहनाको हकमा कुनै शुल्क लाग्ने छैन । त्यस माथिको पाँचसय ग्राम सम्म प्रचलित भन्सार दर लाग्ने छ । तोकिए भन्दा बढी सुन वा चाँदी ल्याएमा त्यो जफत हुने ब्यवस्था बजेटमा छ ।
विदेशवाट आउनेले यात्रुले ल्याएको गहना फिर्ता लैजाने गरी ल्याएमा भन्सार बिन्दुमा २० प्रतिशत धरौटी राखी ल्याउन र पछि फर्कँदा धरौटी फिर्ता गरी लैजान पाउने ब्यवस्था बजेटले गरेको छ ।
बजेट आर्थिक वर्ष २०८३-८४ को शुरुको दिनदेखि लागु हेन भएपनि कर राजस्वमा भएको फेरवदल भने बजेट घोषणा भएकै दिन देखि लागु हुन्छ ।
