२०८३ जेठ १५ , शुक्रवार

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटको बिशेषता (पूर्णपाठ)

Swornim-1024×684

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले  आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड घोषणा गरेको
छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए ।

 

त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।

जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।