२०८३ जेठ १४ , बिहिवार

सुनचाँदीको मूल्य घट्यो

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज / काठमाडौं ।

नेपाली बजारमा आज  ( बिहीबार )  सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।