२०८३ जेठ १४ , बिहिवार

हेर्नुहोस् तपाईको आजको राशीफल

rashi

 

सुनाखरी न्युज / काठमाडौं ।

मेषः तपाईको इच्छा र चाहनाको उचित कदर हुनेछ । सोचेअनुसार नै काम गर्न पाइनेछ ।

वृषः कतिपय समस्याको समाधान हुने योग छ । सबै कुरा सन्तुलित ढंगले पूरा हुँदै जानेछन् ।

मिथुनः पारिवारिक सुख एवं सहयोग मिल्दा मन प्रसन्न हुनेछ । शैक्षिक एवं व्यापारिक कार्यमा प्रगति हुनेछ ।

कर्कटः कुरा बुझेर काम गर्नु राम्रो हुनेछ । मनमा अविश्वासको भावना उत्पन्न हुन सक्नेछ ।

सिंहः गरेको कार्यमा अपेक्षित सफलता मिल्ने देखिन्छ । राम्रो समाचार सुन्न पाउने योग छ ।

 

कन्याः कुनै कार्यक्रममा सहभागी हुनुपर्ने दिन छ । तपाईको बोली एवं कामको उचित कदर हुनेछ ।

तुलाः सोचेअनुसार दिन सजिलोगरि बित्नेछ । केही विषयमा मानसम्मान मिल्न सक्नेछ ।

बृश्चिकः अरुले बोले–गरेको कुरा चित्त नबुझ्न सक्छ । अनाहकमा समय र परिश्रम खेरजान सक्नेछ ।

धनुः कुनै कुराले मनमा खुशीको सञ्चार हुनेछ । आत्मीयजनसँग रमाइलो कुराकानी हुनेछ ।

 

मकरः माथिल्लो तहबाट कुनै जिम्मेवारी आउन सक्नेछ । समझदारीपूर्वक काम गर्दा राम्रो प्रतिफल मिल्नेछ ।

कुम्भः पारिवारिक माहोल खुशीमय रहने योग छ । मनमा आत्मिक सुख प्राप्त हुने देखिन्छ ।

मीनः हेलचक्र्याईँका कारण नसोचेको अप्ठ्यारो पर्न सक्छ । विवेकको प्रयोग गर्नुपर्ने बेला छ ।