२०८३ जेठ १३ , बुधवार

राष्ट्र बैंक सञ्चालक समितिको आकार बढाउन सरकारको प्रस्ताव

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले राष्ट्र बैंक सञ्चालक समितिका आकार बढाउने प्रस्ताव गरेको छ । केन्द्रीय बैंकको हालको ७ सदस्यीय सञ्चालक समितिलाई ९ बनाउने प्रस्ताव गरिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाएको विधेयक अनुसार ९ सदस्यीय सञ्चालक समितिको परिकल्पना गरिएको हो । सरकारले तयार गरेको उक्त विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता पनि भइसकेको अवस्था छ ।

हाल आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिमध्ये नेपाल सरकारले नियुक्त गरेका ३ जना सञ्चालक रहने व्यवस्था छ ।

विधेयक अनुसार ऐनको दफा २० बमोजिमको योग्यता पुगेका व्यक्तिमध्ये छुट्टाछुट्टै क्षेत्रको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले नियुक्त गरेका ५ जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ ।

 

 

केन्द्रीय बैंक सञ्चालक समिति अध्यक्ष गभर्नर हुनेछ भने सदस्यमा अर्थ सचिव, दुई डेपुटी गभर्नर रहने व्यवस्था छ ।