२०८३ जेठ ११ , सोमवार

कच्चा तेलको मूल्य दुई सातायताकै न्यून बिन्दुमा

Cruid Oil

सुनाखरी न्युज/काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ।

मुख्य मुद्दाहरूमा अझै पनि दुई देशबिच मतभेद कायमै रहे तापनि सकारात्मक वार्ताले बजारमा उत्साह ल्याएको हो। विशेष गरी स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दीका कारण मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्झौताको आशाले मूल्य घटाउन मद्दत गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४।७१ डलर अर्थात् ४.५५ प्रतिशतले घटेर ९८.८३ डलरमा झरेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट ९डब्ल्युटीआई० को मूल्य पनि प्रतिब्यारेल ४.५७ डलर अर्थात् ४.७३ प्रतिशतले गिरावट आउँदै ९२.०३ डलर कायम भएको छ। दुवै प्रकारका कच्चा तेलको यो मूल्य गत मे ७ तारिखपछिकै सबैभन्दा न्यून हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र इरानबिच शान्ति सम्झौताको समझदारी पत्रमा ‘धेरैजसो बुँदामा सहमति’ भइसकेको गत शनिबार  बताएका थिए। यो सम्झौता लागू भएमा होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनेछ। हाल जारी द्वन्द्व सुरु हुनुअघि विश्वभर आपूर्ति हुने कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास ९एलएनजी० को पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गर्थ्यो। तर जटिल मुद्दाहरूमा दुवै पक्ष अझै स्पष्ट भइनसकेका कारण आइतबार मात्रै ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएको स्पष्ट पारेका थिए।