२०८३ जेठ ७ , बिहिवार

डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

photo-0ca292d0

 

सुनाखरी न्युज/ काठमाडौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा.  लि. द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’  ( मह)  लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल प्रा. लि.  बाट उत्पादन भएको, ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५/ १२ र उपभोग्य अवधि १८ महिना रहेको उक्त मह गुणस्तरहीन प्रमाणित भएपछि विभागले मिति २०८३/ ०२ / ०५ मा यो फिर्ता सम्बन्धी आदेश जारी गरेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा ९२० को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सम्पूर्ण महहरू बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा ९४० बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ