
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ ।
४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको छ ।
समितिले यी ४ मध्येबाट अब कम्तीमा ३ जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।