२०८३ जेठ ३ , आइतवार

‘स्थायी निक्षेप सुविधा’ पुनरावलोकन गर्दे नेपाल राष्ट्र बैंक

NRB

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ‘स्थायी निक्षेप सुविधा’ पुनरावलोकन गर्ने भएको छ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता र ब्याजदर स्थिरताको चुनौतीलाई सम्बोधन गर्न केन्द्रीय बैंकले यो रणनीति लिएको हो ।

आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले राष्ट्र बैंकले ब्याजदर कोरिडोरको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यो कदम चालेको बताएको छ ।

मौद्रिक नीतिको समीक्षामा चालु आव २०८२ र८३ मा आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ भने औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको उल्लेख छ ।

त्यस्तै रेमिट्यान्स आप्रवाह वृद्धि र विदेशी विनिमय सञ्चिति बलियो अवस्थामा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधि विस्तारलाई सहयोग पु¥याउने नीति निरन्तर रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।