२०८३ जेठ ३ , आइतवार

चीनले बोइङसँग २०० जहाज किन्ने

trump-c

सुनाखरी न्युज/ काठमाडौं ।
xअमेरिकी विमान निर्माता बोइङसँग चीनले बोइङसँग २०० जहाज किन्ने २०० वटा जहाज किन्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणबाट फर्कने क्रममा पत्रकारहरूसँगको कुराकानीमा बोइङका २०० वटा जहाज खरिद गर्न बेइजिङ सहमत भएको बताएका हुन्।

ट्रम्पले अरू ४र५ सय जेट इन्जिन खरिदका लागि पनि चीनले प्रतिबद्धता जनाएको बताएका छन्।

‘२०० विमान र अरू ४-५ सय जेट इन्जिन किन्ने प्रतिबद्धता छ। पछिसम्म राम्रो हुँदै गए ७५० वटासम्म किन्ने योजना हो,’ ट्रम्पले भने।

उनले यो सम्झौतापछि अमेरिका-चीन सहकार्यमा नयाँ गति आउने विश्वास व्यक्त गरे।

ट्रम्पको अभिव्यक्तिपछि बोइङले विज्ञप्ती जारी गरी चीन बजार पुनः खुलाउन सफल भएको भनेर दाबी गरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

बोइङका प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्ग पनि ट्रम्पसँगै बेइजिङ भ्रमणमा सहभागी अमेरिकी व्यवसायिक प्रतिनिधिमण्डलमा थिए।