२०८३ जेठ २ , शनिवार

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धरद्वारा पदभार ग्रहण

Tara-Manandhar_CEO

 

सुनाखरी न्युज/ काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा नियुक्त भएका तारा मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका छन् ।बैंक सञ्चालक समितिको निर्णयअनुसार उनले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा काम गरिसकेका छन्। पछिल्लो समय उनी डिस मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।स्याङ्जा अरिनास गाउँपालिका स्थायी घर भईहाल टोखा नगरपालिका वडा नं. ३ निवासी मानन्धर अनुभवी बैंकर हुन् ।

नेपाल बंगलादेश बैंकबाट बैंकिङ यात्रा शुरु गरेका उनीसँग एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत बैंकहरूमा काम गरेको अनुभव छ ।मुक्तिनाथ विकास बैंक लिमिटेडले मानन्धरको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको जनाएको छ।