२०८३ बैशाख ३१ , बिहिवार

बज्राचार्य त्रिविको निमित्त उपकुलपति

Sushil-bahadur-bajracharya

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)ले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

यद्यपि, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो ।

 

विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ । उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ ।