२०८३ बैशाख ३१ , बिहिवार

बेइजिङमा ट्रम्प र सीबीच भेटवार्ता, के के छन् छलफलका एजेण्डा ?

trump-and-xi-in-bejing-1452026053528-1000×0

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् ।

अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । रोचक कुरा के छ भने, चीनले उनलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो ।

त्चगmउ बलम ह्ष् mभभत ष्ल द्यभष्वष्लनबेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ हुनुपर्ने बताएका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले सीलाई ‘महान नेता’ भन्दै दुई महाशक्तिबीचको सम्बन्ध पहिलाभन्दा अझ राम्रो हुने उल्लेख गरेका थिए ।

पहिलो कार्यकालमा ट्रम्प सन् २०१७ को नोभेम्बरमा बेइजिङ गएका थिए । त्यसपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।