
सुनाखरी न्युज/ काठमाडौं ।
आज बिहीबार देशका सबैजसो सहरमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान अनुसार आज दिउँसो प्रायः सबै मुख्य सहरहरूको मौसम बद्ली भई मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। दिउँसो पानी पर्ने सम्भावना पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा सबैभन्दा धेरै ६० प्रतिशत छ।
धनगढी र नेपालगञ्जमा भने वर्षाको सम्भावना सबैभन्दा कम १० प्रतिशत मात्र छ भने काठमाडौँमा ४० प्रतिशत सम्भावना छ।आज दिउँसोको अधिकतम तापक्रम धनगढी र नेपालगञ्जमा सबैभन्दा धेरै ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। दिपायल, भैरहवा र सिमरामा पनि अधिकतम तापक्रम ३५ डिग्री माथि नै रहनेछ।
यसैगरी, सबैभन्दा कम अधिकतम तापक्रम जोमसोममा १९ देखि २१ डिग्री सेल्सियस रहनेछ। काठमाडौँको अधिकतम तापक्रम आज २५ देखि २७ डिग्री सेल्सियसको बिचमा रहने पूर्वानुमान छ। आज दिउँसो डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा, सिमरा, धनकुटा, विराटनगर, धरान र जनकपुरमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
यस्तै पोखरा, काठमाडौँ, ओखलढुङ्गा, जोमसोम, जिरी र ताप्लेजुङमा भने दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ।